विदेशी प्रजाती भएकाे भन्दै जापानमा ५७ हिम बाँदर मारियाे

जापान । उत्तरी जापान स्थित एक चिडीयाखानाका ५७ हिम बाँदरहरुको डीएनए परिक्षण गर्दा आक्रामक विदेशी प्रजाती भएको तथ्य खुलेपछि घातक इन्जेक्सन दिएर मारिएको छ।

चीवास्थित ताकागोयामा नेचर चिडियाखानाले मारिएका बाँदरहरु मकाकु प्रजातीको बिदेशी बाँदरसँग क्रस गरिएको डीएनए परिक्षणबाट पत्ता लागेको बताइएका छन् ।

एक स्थानीय अधिकारीले घरेलु वातावरणको संरक्षणका लागि मार्नै पर्ने भएको बताएका छन्।

चिडियाखानाका संचालकहरुले मारिएको बाँदरको सम्झनामा नजिकैको बुद्ध मन्दिरमा एक मेमोरियल सर्भिस आयोजना गरेका थिए। जापानिज मकाकु जातको बाँदर जापानमा एक मुख्य पर्यटक आकर्षण भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?