उत्तर काेरियाद्वारा बन्दि बनार्इएका जापानी नागरिकहरूलार्इ स्वदेश फर्काउन अावेले ल्याए यस्ताे याेजना

जापान । जापानका प्रधानमन्त्री शिन्जो आवेले उत्तर कोरियाद्धारा बन्दि बनाइएका जापानी नागरिकहरुलाई अन्तराष्ट्रिय प्रयासद्वारा  स्वदेश फर्काउने संकल्प गरेका छन् ।

उत्तर कोरियाले अाज भन्दा  ४० वर्ष अगाडी कयौं जापानी नागरिकहरुलाई अपहरण गरेको थियो । अपहरणमा परेका नागरिकका परिवारले सरकार समक्ष आफ्ना परिवारलाई  यथासक्य चाँडो स्वदेश ल्याउन माग गरिरहेका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री अावेसंगकाे भेटमा उत्तर कोरियाको व्लास्टिक मिसाईल प्रक्षेपणको विरोध गर्दै अमेरिका सदैव जापानको पक्षमा उभिने संकल्प गरेका थिए ।

ट्रम्पको भनाईलाई समेट्दै आवेले अमेरिका लगायत विश्वका अन्य देशसंग समन्वय गरि  उत्तर कोरियाद्धारा बन्दि बनाईएका जापानी नागरिकहरुलाई  स्वदेश फर्काउने संकल्प गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?