थकाली सेवा समिती जापानले विविध सांस्कृतिक कार्यक्रम गर्ने

जापान । थकाली सेवा समिती जापानले आगामी मार्च १९ तारिखमा थकालीहरुको महान चाहाड फागु पूर्णिमा “तोरन्ल्ह” को शुभअवसर पारि टाेकियाेमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

हेमन्त शेरचनद्धारा जारी गरिएको बिज्ञप्तिमा मार्च १२ तारीखका दिन थकालीहरुको देवता, ईष्ट देव महागुरु नरिझ्यव र चार चनको देवतालाई पुजाआजा गरि थकालीहरुको परम्परागत खेल धनुषबाण पनि खेलिने उल्लेख गरिएको छ ।

संस्थाका अध्यक्ष बुद्धि गौचनले थकाली सेवा समिति जापानले आफ्नो मौलिक सामाजिक संस्कारलाई बिशेष ध्यानमा राख्दै बिगतमा जस्तै थकालीहरुको परम्परागत धनुषबाण खेल, बिशिष्ट आफ्नै खानपिनका परिकारले देवतालाई पुजा गर्ने संस्कार सहित आफ्नो महान चाड “तोरन्ल्हू” बार्षिकि कार्यक्रमको रुपमा भब्यताकासाथ आयोजना गरिने जानकारी दिएका छन ।

मार्च १९ तारीखका  दिन ईकेगामि खाईकानमा हुन गईरहेको संस्थाको बार्षिक साधारण सभा तथा विविध सांस्कृतिक कार्यक्रम एवं मौलिक भेषभुषा प्रदशन सहित “तोरन्ल्ह धमाका” मा जापानबासि सम्पुर्ण थकालीहरु तथा अन्य नेपालीहरुलाई पनि उपस्थितिको लागि हार्दिक अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?