अमेरिकामा आप्रवासीलाई समस्या, जापानमा भने यसरी बन्दैछ आप्रवासी अनुकुल कानुन

जापान । अमेरिकामा अवैध रुपमा बसोबास गर्दै आएका आप्रवासीलाई निकाल्न नयाँ रणनीति लागु हुने भएपछि दशौं लाख आप्रवासीहरुको विजोग हुने अवस्था आउनै लागेको छ ।
तर, करिब १५ लाख अमेरिकीलाई रोजगारि दिइरहेको जापानले भने आफ्नो आप्रवासी सम्बन्धी नियम परिवर्तनको अन्तिम तयारी गर्दै छ ।

मार्च १४ सम्ममा जापानी कानुन, न्याय तथा श्रम मन्त्रालयले आप्रवासी कामदारहरुको सहजिकरण सम्बन्धी कानुन ल्याउने तयारीमा जुटेको छ । पछिल्लो समय जापानी कामदारहरुको उत्पादकत्वमा कमी आउनु, रोजगारका अवसर र लगानी बढ्नुका कारणले जापानले आप्रवासी कामदारहरुको आवागमनलाई व्यवस्थीत पार्न लागेको हो ।

कानुन मन्त्रालयले तयार पारेको आप्रवासी कामदारलाई दिइने अवसर र बसाईका बारेमा तयार पारिएको मस्यौदा जापानी संसदको तल्लो तहको समितिमा छलफलको क्रममा छ । यदि यो मस्यौदा पास भए जापान आउने आप्रवासीहरुको बसाई र उनीहरुलाई दिइने पिआरका बारेमा सहहजता आउने छ ।
यता अमेरिकामा आप्रवासीलाई हटाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको यसअघिको निर्णयको विरोध भइरहँदा ट्रम्प प्रशासनले फेरि नयाँ रणनीति लागु गर्न लागेको छ ।  नयाँ रणनीति अनुसार सबै भन्दा पहिले आवश्यक कागजात बिना बसिरहेका र आपराधिक गतिविधिमा संलग्न भएका आप्रवासी निशानामा पर्नेछन् ।

यस्तोमा गम्भीर आपराधिक गतिविधिमा संलग्नहरु देखि सामान्य ट्राफिक नियम मिचेका, पसलबाट सामान चोरी गरेका सम्मलाई निशाना बनाइनेछ । ट्रम्प प्रशासनको नयाँ रणनीतिले अमेरिकामा रहेका झण्डै एक करोड १० लाख मानिसलाई असर पर्न सक्ने बताइएको छ । तर ओबामा प्रशासन हुँदा अमेरिका पुगेका बालबालिकालाई भने छुट दिइने बिबिसीले जनाएको छ ।

अमेरिकाले आप्रवासन सम्बन्धी नीतिमा कडाई गरिरहेका बेला जापान सरकारले नयाँ नीति ल्याउँन लागेकाले अब विश्व श्रम बजारको नजर जापानतर्फ हुने विश्लेषण गरिएको छ । जापानले अमेरिकामा र जापानमा रहेका विभिन्न कम्पनीहरु मार्फत् करिब १५ लाख अमेरिकीहरुलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?