चीनसँग अत्याधुनिक युद्धपोत, अमेरिका हतियार किन्दै, तर जापान सधैं शान्त

स्वीडेन । स्वीडेनको एक अनुसन्धान संस्थाले हतियारको विश्व व्यापार पछिल्लो पाँच वर्ष यताकै सर्वाधिक भएको बताएको छ । यो अवस्था विश्व शित युद्ध पछिकै सबैभन्दा भयानक हो ।

स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थानको अनुसन्धानमा प्रमुख हतियारको अन्तर्राष्ट्रिय लेनदेन निकै बढेको उल्लेख छ ।
रिपोर्ट अनुसार सन् २०१२ देखि २०१६ सम्मको बीचमा प्रमुख हतियारहरुको व्यापार ८ दशमलव ४ प्रतिशतले बढेको छ ।
परपोर्ट अनुसार पश्चिम एसियाली राष्ट्रहरुमा हतियार आयात ८६ प्रतिशतले बढेको छ । यमन, सिरिया लगायतका देशहरुमा यस्तो अवस्था देखिएको हो ।
यता चीन सागरमा बढ्दै गएको तनावका बीच अमेरिकाले पनि हतियार बढाएको छ भने चीन पनि हतियार खरिद र उत्पादनमा केन्द्रीत बनेको छ ।

चीनले पानडुबी युद्ध पोत अत्याधिक मात्रामा खरिद गरिरहेको छ भने जापान शान्त रुपमा बसेको रिपोर्टमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?