‘तोशिवा हाम्रै हो, यस्लाई बचाउन सकेमात्र जापानलाई विश्वले चिन्दछ’

जापान । जापानको सबैभन्दा ठुलो व्यापार संगठन केइदारनेनका प्रमुखले संघर्षरत इलेक्ट्रोनिक कम्पनी तोशिवाका लागि सहयोगको आह्वान गरेका छन् ।

उनले जापानी कम्पनीको शाख जापानमा मात्र नभएर विश्वभर चिनाउन सफल कम्पनीलाई जोगाउनु सबै जापानीको दायीत्व पनि भएको बताएका छन् ।
जापान व्यापार संघका अध्यक्ष सादायुकी साकाकिवाराले मंगलबार पत्रकार सम्मेलन गरि सहयोगको अपिल गरेका हुन् । उनले सोमबार पनि उक अपिल जारी गरे्का थिए ।
तोशिवा मेमोरी चिपको आफ्नो मुख्य कारोबार विभाजन गरि एक नयाँ कम्पनी बनाउने र अधिकांश हिस्सा बेच्ने निर्णयमा पुगेको छ ।

यो वर्ष तोशिवा कम्पनीको अमेरिकामा परमाणु विजुली ब्यापारमा ६ अर्ब २० करोड डलर घाटा लागेको थियो ।
कम्पनी निकै ठुलो घाटामा गएपछि तोशिवाले कम्पनी नै बेच्ने तयारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?