नेपाल तामाङ समाज जापानकाे वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

जापान । नेपाल तामाङ समाज जापानले तामाङ जातिको धार्मिक एवं साँस्कृतिक पर्व तामाङ सोनाम ल्होछार २८५३ ज्या ल्हो (चरा बर्ष)को शुभ अवसरमा टोकियाेमा अायाेजना गरेको बृहत सांस्कृतिक कार्यक्रम २०१७ भब्य रुपमा सम्पन्न भएको छ ।

जापानको राजधानी टोकियो स्थित इताबासी कुमिन सेन्टरको सभाहलमा आयोजना भएको कार्यक्रममा नेपालबाट कलाकारहरु चन्द्र कुमार दोङ र निर्मला घिसिङ र बुदव तामाङ(हैट) लगायतका स्थानीय कलाकारहरुको प्रस्तुति रहेको थियो ।

कार्यक्रममा समाजका अध्यक्ष कर्मा वाला तामाङको सभापतित्व, एनआरएनएका आईसीसी सदस्य ओम गुरुङको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष कर्मा वाला तामाङले सोनाम ल्होछार र यसको महत्वबारे प्रकाश पार्दै कार्यक्रममा उपस्थित सम्पुर्णलाइ धन्यवाद प्रकट गरेका थिए ।

आईसीसी सदस्य गुरुङले सोनाम ल्होसारको अवसरमा शुभकामना लिदै जापानमा तामाङ समाजले आयोजना गरेको महत्वपुर्ण कार्यक्रमले तामाङ जातिहरूको कला संस्कृति,भाषा,धर्म संरक्षण गर्न ठूलो सहयोग मिल्नुका साथै बिश्व समुदाय माझ राम्रो शन्देश जाने बताएका छन ।

त्यस्तै कार्यक्रममा अन्य अतिथिहरूले तामाङ समाज जापानले बार्षिक रूपमा आयोजना गर्दै आइरहेको सोनाम ल्होछार कार्यक्रमले तामाङ जातिको बलियो एकतालार्इ प्रतिबिम्बित गर्दे आएकाले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन।

समाजका सचिव हिमाल लामाले औपचारिक कार्यक्रम संचालन गरेको थिए भने कार्यक्रमको दोस्रो सेसन शिक्षा शान्ति वाईवाले संचालन गरि सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?