टोकियो केन्द्र भएर भूकम्पको धक्का, सुनामीको सामान्य सम्भावना

टोकियो । जापानको राजधानी टोकियो केन्द्र भएर आइतबार ५ दशमलव ४ म्यागनिच्युटको भूकम्प गएको छ ।


टोकियो आसपास भएर गएको उक्त भूकम्पको धक्काले सामान्य क्षती पुर्याए पनि खास ठुलो क्षती भने नभएको जापानको मौसम विज्ञान विभागले जनाएको छ ।

साँझ ६ बजेर १९ मिनेटमा गएको भूकम्पको धक्का चिवा प्रान्त, टोकियो, पुर्व प्रशान्त सागरसम्म महसुस गरिएको छ ।

पछि सामान्य सुनामिको खतरा रहेको मौसमविदले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?