जापान । जापानका विदेश मन्त्री फुमियो किशिदाले दक्षिण कोरियाली विदेश मन्त्री युन ब्योन्से समक्ष दक्षिण कोरियाको वुशान शहरस्थित जापानी महावाणिज्य दुतावास अगाडि राखिएको कम्फर्ट वुमनको शालिक हटाउन आग्रह गरेका छन ।

जापानी विदेश मन्त्री फुमियाे किशिदा तथा कोरियाली विदेश मन्त्री युन ब्योन्सेले जर्मनको वोन शहरमा भेटवार्ता गरेका छन् ।
करिब दुर्इ महिना अघि देखि नै दक्षिण कोरियाका विभिन्न नागरिक समुहले दक्षिण कोरियाको बुशान तथा सिओल शहरस्थित जापानी महावाणिज्य दुतावास अगाडी दोस्रो विश्वयुद्धको समयमा जापानी सेनाद्वारा याैन दासी तथा उत्पीडन बनाइएका पीडित महिलाहरुको शालिक राख्दै अार्इरहेका छन । ।
उनले जापानी दुतावास अगाडी कम्फर्ट वुमनको शालिक राख्नु निकै खेदजनक बताउदै ब्योन्से समक्ष शालिक हटाउन आग्रह गरेका छन ।