योकोहामामा ‘कानागावा नेपाली समुदाय’ गठन, अध्यक्षमा सापकोटा निर्वाचित

जापान । जापानको कानागावास्थित योकोहामा क्षेत्रमा केहि महिना अघि गठन गरिएको योकोहामा नेपाली ग्रुपलाई परिमार्जन सहित कानागावा नेपाली समुदाय नामाकरण गरेको छ ।

बुधबार कानागावामा सम्पन्न गरिएको वृहत भेलाले संयोजक समेत रहेका हरि सापकोटालाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।

समुदायका नव निर्वाचित सचिव राजेन्द्र श्रेष्ठले योकोहामा नेपाली ग्रुपको नाम परिवर्तन गरि सवैलाई समेट्ने उदेश्यले कानागावा नेपाली समुदाय बनाउने निर्णय गरिएको जानकारी दिए ।

कानागावा क्षेत्रमा रहेका नेपालीहरुलाई आइपर्ने आपतकालिन समस्याको निराकण सहित आगामी २ बर्षको कार्यकाल रहने गरि १७ सदस्यीय कार्यसमिति र ३ जना पछि थप गर्ने गरि २ सदस्यीय सल्लाहकार सहित समुदायको नयाँ कार्य समिति गठन गरिएको हो ।

समुदायको तीन उपाध्यक्षमा सिद्धार्थ श्रेष्ठ, मनोज कटवाल, महेश श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै गरी नयाँ कार्यसमितिको सचिवमा राजेन्द्र श्रेष्ठ, सह-सचिवमा दिनेश केसी, प्रेम कंडेल र कोषाध्यक्षमा यमकान्त कंडेल एवम सदस्यमा ध्रुब कुमार थापा, गणेश जंग राण, पुष्प गैरे, राम खड्का, बिमल घिमिरे, बिश्वम्भर खड्का, राम राय, भिष्म बिक्रम थापा, बिक्रम भण्डारी निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?