जर्मनी । चीनले जापानको ‘नकारात्मकता’का कारण मुख्य मुद्दामा चलिरहेको द्विपक्षीय सम्बन्ध सुधारमा अवरोध आएको जनाएको जनाएको छ ।

तर, अब चीन–जापान सम्बन्ध सुधार गर्नका लागि अबसर आएको पनि चीनले जनाएको छ ।
चीनका विदेशमन्त्री वांग यीले जर्मनीमा आयोजित एक बैठकका क्रममा जापानी समकक्षी फुमिओलाई दुवै देशले विग्रिएको सम्बन्धलाई सही ठाउँमा ल्याउन दुवै देश गम्भीर बन्नुपर्ने बताएका थिए ।
जवाफमा जापानी विदेशमन्त्री फुमिओले जापान चीनसँगको सहकार्यमा नै अघि बढ्न चाहेको बताएका थिए ।