जापान अाएका उद्योग मन्त्रीको आह्वान : देश विकासमा जापानमा रहेका नेपालीहरुको योगदान

जापान । उद्योग मन्त्री नविन्द्रराज जोशीले जापानमा रहेका नेपालीहरुलाई देश विकासमा योगदान गर्न आह्वान गरेका छन् ।

६७ औं प्रजातन्त्र दिवसको अवसरमा नेपाली दुतावास जापानले टोकियोमा आयोजना गरेको विशेष समारोहमा सम्बोधन गर्दै मन्त्री जोशीले नेपाललाई विकसीत बनाउनका लागि अब प्रवासमा रहेका नेपाली समुदायको सहयोग आवश्यक रहेको बताए ।

उनले प्रजातन्त्र प्राप्तकिो आन्दोलनमा देशले रगत मागेको र त्यसबेला देशका लागि आफुलाई बलिदानी दिने महान् सहिदहरुप्रति सम्मान गर्दै उनीहरुको सपना पुरा गर्नका लागि समृद्धितर्फको यात्रामा लाग्नुपर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले संक्रमण कालको अन्त्य गरि देश विकासको महा अभियानमा लाग्नुपर्ने बेला भएकाले विदेशमा रहेका नेपालीहरुले पनि सरकारको अभियानमा साथ दिनुपर्ने बताए ।
कार्यवाहक राजदुत कृष्णचन्द्र अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैह आवासिय नेपाली संघ (एनआरएन)का उपाध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष सुदन थापा, जापानमा क्रियाशिल विभिन्न राजनीतिक दलका भातृ संगठनहरुका अध्यक्ष, प्रतिनिधि र नेपाली समुदायको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?