जापान । जापानकाे सेन्काकु द्धिपस्थित सामुद्रिक बाटो हुदै शनिबार पुनः चार चिनियाँ जहाज जापानी भूमिमा प्रवेश गरेका छन । जापानको नियन्त्रणमा रहेको सेन्काकु द्धिपलार्इ चिन र ताईवानले दावा गर्दै आईरहेका छन् ।

यो वर्ष मात्रै सेन्काकु द्धिपको बाटो हुदै चिनियाँ जहाज जपानी भूमिमा प्रवेश गरेको पाँचौ पटक भैसकेको छ ।
जापानी तट रक्षका अनुसार शनिबार जापानी भूमिमा प्रवेश गरेका चिनियाँ जहाज करिब १ घण्टा पछि फर्किएका थिए ।
जापान सरकारले चिनियाँ जहाज जापानी भूमिमा प्रवेश गर्नु जापानको सार्वभौमता माथि चिनको ठाडो उलङ्घन भएको बताउदै चिनको गतिविधी माथि विरोध जनाएकाे छ ।