मध्य पुर्वी एसियामा शान्ति स्थापनाका लागि जापानले नेतृत्व लिने

टोकियो । जापानका प्रधानमन्त्री सिन्जो आबेले मध्य पुर्वी एसियाको शान्तिका लागि इजरायल–प्यालेष्टाइन द्धिराष्ट्रिय मान्यतालाई आत्मसाथ गर्न नहुने बताएका छन् । संसदको तल्लो सदलको अन्तर्राष्ट्रिय समितिमा बोल्दै शुक्रबार प्रधानमन्त्री आबेले यस्तो बताएका हुन् ।
आबेले इजरायल–प्यालेस्टाइन द्वन्द्व समाधानका लागि जापानले लिँदै आएको नीति सहि भएको भन्दै अब यी दुई देशलाई मित्रताको शुत्रमा बाँध्न आफु लागिपर्ने बताएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको भेटपछिको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र प्यालेस्टाइनबिचको द्वन्द्व समाधानका लागि ‘ग्रेट’ शान्ति सम्झौता गराउने दाबी गर्दै यसका लागि जापानी प्रधानमन्त्रीले पहल गर्नुपर्ने बताएका थिए ।
इजरायल र प्यालेस्टाइनबिच सन् २०१४ देखि शान्ति वार्ता भएको छैन । इजरायली प्रधानमन्त्री नेतन्याहु अमेरिका भ्रमणमा रहेका छन् । उनले अमेरिकासँग मध्यस्थताको आग्रह गरे लगत्तै अमेरिकाले जापानसँग सहकार्य गर्नुपर्ने बताएका थियो ।
इजरायलले वेष्ट ब्यांक र पूर्वी जेरुशेलममा हजारौंको संख्यामा नयाँ घर बनाउने प्रस्ताव पारित गरेको थियो । यो क्षेत्रमा इजरायल र प्यालेस्टाइन दुवैको दाबी रहँदै आएको छ ।
यो सिद्धान्त अनुसार वेष्ट ब्यांक, गाजापट्टी र पूर्वी जेरुशेलममा सन् १९६७ को युद्धविराम रेखा भन्दा पहिलेको क्षेत्रमा एक स्वतन्त्र प्यालेस्टाइनी राष्ट्र बन्नु पर्छ । त्यस राष्ट्रले इजरायलसँग शान्तिसँग बस्नु पर्ने सिद्धान्तमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघ, अरब लिग, युरोपियन युनियन, रुस र अमेरिकाले यस विषयमा बारम्बार आफ्नो प्रतिबद्धता जनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?