विसौं शताब्दीको सबैभन्दा ठुलो एसिया युद्ध, जापानले यसरी कब्जा गर्यो चीन (फोटो फिचर)

जापान । जापानको स्थापना दिवस सकिएको एक हप्ता भयो । फेब्रुअरी ११ तारिखलाई जापानले आफ्नो स्थापना दिवसका रुपमा मनाउने गरेको छ ।

विश्वकै तेस्रो ठुलो आर्थिक शक्तिका रुपमा उदाइसकेको जापान अहिले विभिन्न आविष्कार गर्ने देशको रुपमा समेत परिचित छ । तर कुनै समय यस्तो थियो जब यो देशको पहिचान सबैभन्दा क्रुर देशको रुपमा विश्वसामु परिचित थियो ।
यो देशका सेनाले सबैभन्दा भयानक रुप दोस्रो विश्वयुद्धमा देखाएका थिए । त्यसताका जापानी सैनिकले एक हजार चीनियाँ नागरिकलाई जोंगमऊ शहरबाट बाहिर निकालेर एलो रिभरमा डुबाएर मारेका थिए भने चीनको स्टेट आर्काइभ एड्मिनिस्ट्रेशनको तर्फबाट पछिल्लो वर्ष जारी गरेको एक दस्तावेजले जापानी सैनिकले चीनियाँ नागरिकको मासु पकाएर खाएको दाबी समेत गरेको छ ।
जापानी सेनाको दोस्रो विश्वयुद्धका बेलाको यो क्रुरतालाई सेकेन्ड चीन–जापान यद्धको नामले पनि चिन्ने गरिएको छ ।
यसलाई २० औं शताब्दिको सबैभन्दा ठूलो एसियाली युद्धको रुपमा चित्रण गरिन्छ भने यसको अवधि सन् १९३७ देखि सन् १९४५ सम्मको थियो ।
जापानले त्यसबेला देखि आफुलाई विश्व शक्तिका रुपमा उभ्याएको थियो भने अमेरिकाको पर्ल हार्बरमा सन् १९४१ मा गरेको आक्रमण पश्चात् जापानलाई विश्वले अद्भुत सैन्य शक्ति भएको देशका रुपमा चिनेको थियो । हेरौं त्यसबेला जापानी सेनाले गरेका केही साहसीक लडाईंको तस्विरहरु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?