शरणार्थी प्रति लचक बन्दै जापान, पाँच वर्षसम्म यसरी आउनेछन् युवा शरणार्थी जापान

अम्मान । सिरियाली शरणार्थीहरुले जापान सरकारद्वारा सञ्चालित एक सहायता कार्यक्रम अन्तरगत जापानी विश्वविद्यालय प्रवेशका लागि परिक्षा दिएका छन् ।

जापान सरकारले सिरियाका युवा शरणार्थीहरुलाई पठन पाठनमा सहजताका लागि कार्यक्रम ल्याएको थियो ।

उनीहरुले बुधबार र बिहीबार जोर्डनको राजधानी अम्मानमा अंग्रेजी, गणित लगायतका विषयमा प्रवेश परिक्षा दिएका हुन् । उनीहरुको परिक्षाको नतिजाका आधारमा छनौट गरिने छ ।

यो सहायता कार्यक्रम जापानको विश्वविद्यालयमा पढ्न इच्छुक शरणार्थीहरुका लागि यो वर्षबाट सुरु गरिएको हो ।

जापान सरकारले यस पाँच वर्षमा एक सय ५० सिरियाली शरणार्थी छात्र छात्रालाई विश्वविद्यालयमा अध्ययन अनुमति दिने तयारीमा छ । यो वर्ष २० जनालाई लगिने छ, जसका लागि १२१ जनाले परिक्षा दिएका छन् ।
परिक्षामा सामेल भएका विद्यार्थीहरुले आफुहरु जापान पढ्न जान अत्यन्तै रुचि भएको र विगत लामो समयदेखि जापानी भाषा समेत पढिरहेको बताएका थिए ।

उनीहरुले शरणार्थीप्रति जापान सरकारले देखाएको सद्भावको प्रशंसा समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?