चीनले डाक्यो फ्रान्सका प्रधानमन्त्रीलाई बेइजिङ, जापानसँग के हुन्छ सम्बन्ध ?

बेइजिङ । अमेरिकासँग छिमेकी जापानले निकटता राख्न चाहेको विश्लेषण गर्दै चीनले अमेरिकाको विरोध गरिरहेको फ्रान्ससँगको सम्बन्धलाई बलियो बनाउने प्रयास थालेको छ । जस अनुसार फ्रान्सका प्रधानमन्त्री बेर्नाड काजेनुभले आगामी हप्ता चीनको भ्रमण गर्ने तय भएको छ ।

यस अघि नै फ्रान्सका राष्ट्रपति फ्रान्हा ओलन्दले जापान , चीन र फ्रान्सका बीचमा सहकार्य गरेमा मात्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अतिवादका विरुद्ध विश्व एकजुट हुने बताएका थिए । तर, जापानले आफ्नो असिमित ब्यापार अमेरिकासँग निर्भर रहेकाले तत्काल अमेरिकी नयाँ प्शासनलाई चिढ्याउन नचाहेको विश्लेषण फ्रान्सले गरिसकेको छ ।

काजेनुभको औपचारिक भ्रमण यही फेब्रुअरी २१ देखि २३ सम्म हुने चीनको विदेश मन्त्रालयका प्रवक्ता प्रेमियर लि क्विङले जानकारी दिएका छन् ।

भ्रमणका क्रममा फ्रान्सका प्रधानमन्त्री काजेनुभले चीनका राष्ट्रपति सि जिनपिङ र शीर्ष सांसदहरूलाई भेटघाट गर्ने कार्यक्रम रहेको प्रवक्ता क्विङले नियमित पत्रकार सम्मेलनमा बताए । काजेनुभले बेइजिङ बाहेक ह्वानको पनि भ्रमण गर्नेछन् ।

प्रवक्ता क्विङले विश्वमा शान्ति, स्थायीत्व र विकासका लागि योगदान गर्न चीनले फ्रान्ससँग बलियो र दिगो सुमधुर सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन् ।
“चीनले आशा गरेको छ की, काजेनुभको चीन भ्रमणले दुई देशको सम्बन्ध र आपसी मित्रता थप बलियो भई सहकार्यका क्षेत्रहरू विस्तार हुनुका साथै अन्य पक्षमा पनि सकारात्मक प्रभाव पर्नेछ, उनले बताए ।
उनका अनुसार विवादीत चिनियाँ सागरका बारेमा पनि फ्रान्सलाई चीनको नीति प्रति प्रतिवद्ध पार्न प्रयास हुने छ । चिनियाँ सागरको विषयमा जापान र चीनका बीच विवाद कायम छ भने विश्व समुदायलाई आफ्नो पक्षमा पार्न दुई देशले विभिन्न योजना बनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?