जापानी मुद्राकाे मुल्य बढाउन अमेरिकाकाे दबाव

जापान । जापानका वित्तीय मन्त्री तारो आसोले नव अमेरिकी ट्रेजरी सचिव स्टेभेन यमन्युचिनलाई बधाई दिदै जापान अमेरिकाविच सृदृढ आर्थिक सम्बन्ध स्थापित गर्न दुवै एक साथ काम गर्ने प्रतिबद्दता जनाएका छन । 

विहीबार भएको टेलिफोन वार्तामा आसो र  यमन्युचिनविच अागामी महिना  वित्तीय मन्त्री तथा केन्द्रिय वैंकका गभर्नरहरुविच जर्मनमा आयोजना हुने वैठकमा क्रममा  भेटवार्ता गर्ने सहमती भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानलाई मुद्रा अवमुल्यनको आरोप लगाएका थिए । वार्ताका क्रममा आसोले यमन्युचिनलार्इ मुद्रा अवमुल्यनकाे अाराेप माथि छलफल गर्ने बताएका छन ।

अमेरिकाले पटक पटक जापानी मुद्रा र चिनीयाँ मुद्राकाे अवमुल्यन गरि  अमेरिकी डलरलार्इ कमजाेर बनाउदै अाएकाे अाराेप लगाउने गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?