रुसले गर्यो जापानलाई चिढ्याउँदै उत्तरी द्धिपहरुको नामाकरण, जापानले अब के गर्ला ?

जापान । रुसले जापानको उत्तरी क्षेत्रमा अवस्थीत द्धिपहरुको आसपासमा रहेको साना साना द्धिपहरुको नामाकरण गरेको छ ।

रुसले सोभियत कालका आफ्ना सेना तथा अन्य नेताहरुको नामबाट ति द्धिपहरुको नामाकरण गरेको हो ।

यी द्धिपहरुमा रुसको नियन्त्रण रहेको छ । यद्यपी जापानले यी द्धिपहरु आफ्नो महत्वपुर्ण उत्तरी अंग रहेको बताउँदै आएको छ ।

जापानले यी द्धिपहरुमा संयुक्त आर्थिक गतिविधि सञ्चालनको तयारी गरिरहेको थियो । यी द्धिपहरु दोस्रो विश्वयुद्धका क्रममा रुसले कब्जामा लिएको थियो ।
बुधबार रुसका प्धानमन्त्री दिमित्री मेदवेदेफले ५ वटा गैर आवासीय द्धिपहरुको नाम राख्ने दस्तावेजमा हीताक्षर गरेका थिए ।
रुस सरकारले सन् २०१२ देखि ती द्धिपहरको खोजि थालेको थियो । यी द्धिपहरुको उत्तरी भुभाग भने रुसी क्षेत्रमा पर्दछन् ।
जापानको विदेश मन्त्रालयले भने रुसको यो निर्णयको विरोध गर्दै कुटनीतिक छलफल थाल्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?