सहनशिलताकाे अभ्यास गर्न दक्षिण काेरियालार्इ सुगाकाे सुझाव

जापान । जापानका प्रमुख क्याबिनेट सचिव योशिहिदे सुगाले उत्तर कोरियालाई ब्लास्टिक मिसाईल प्रक्षेपणको उत्तेजनात्मक प्रवृति रोक्न आग्रह गरेका छन । 

सोमबार पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता सुगाले उत्तर कोरियालार्इ मिसाइल प्रक्षेपणकाे प्रवृति राेकि सहनशिलताकाे अभ्यास गर्न अाग्रह गरेका हुन् ।

सुगाले जापान अमेरिकासंग सहकार्य गर्दै संयुक्त सुरक्षा परिषदको निति नियमलाई कार्यान्वयनमा ल्याउन चिन लगायतका शक्तिशाली देशलाई आह्वान गर्ने बताएका छन ।

उनले एक साताको भ्रमणको क्रममा गत शुक्रबार अमेरिका पुगेका  प्रधानमन्त्री शिन्जो आवे तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविच एसिया प्यासिफिक क्षेत्रको सुरुक्षा सुधार तथा उत्तर कोरियाको आणविक एवम मिसाइल प्रक्षेपणको बारेमा छलफल भएको जानकारी दिएका छन ।

आवेको अमेरिका भ्रमणले पछिल्लो समय जापान र अमेरिका सम्बन्धमा आएको दरारलाई चिर्दै दुर्य देशविच सृदृढ सम्बन्ध कायम भएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?