जापानी प्रधानमन्त्रीकाे प्रहार, अमेरिकी राष्ट्रपतिको बचावट, फ्लोरिडामा रोचक भिडन्त (भिडियो सहित)

वासिंटन । जापानी प्रधानमन्त्री सिन्जो आबेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गल्फ खेलेका छन् ।

अमेरिकाको फ्लोरिडास्थित ट्रम्पको नीजि गल्फ रिसोर्टमा दुई नेताले गल्फ खेलेर समय विताए । निकै रोमाञ्चक मुडमा देखिएका दुई नेताले २७ होलमा दुई कोर्ष खेलेका थिए ।
जापानी प्रधानमन्त्रीको प्रहार सफल भएपछि अमेरिकी राष्ट्रपति रक्षात्मक बन्दै खेलेका थिए । दुई नेता निकै उत्साहित देखिन्थे । खेल अघि समर्थकहरुलाई अभिवादन गर्दै मैदान प्रवेश गरेका थिए ।

दुवै नेता गल्फका पारखी जस्तै बनेर खेलेका थिए भने आबेले ट्रम्पसँगको सम्बन्धलाई नविन बनाउनका लागि खेल महत्वपुर्ण भएको बताए ।
जापानी प्रधानमन्त्री आबेका हजुरबुबा र जापानका पुर्व प्रधानमन्त्री नोबुस्की कीसीले पनि राष्ट्रपति ट्रम्पसँग गल्फ खेलेका थिए ।

https://www.youtube.com/watch?v=JHP_J00mh5k

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?