इकेबुकुरोमा भ्यालेन्टाइन डे को अवसर पारी गामवेसी दोहोरीको शुभारम्भ गरिदै

टोकियो । नेपाली कला, साहित्य, संगित र संस्कृति विश्वका अन्य संस्कृति भन्दा नितान्त भिन्न छन् । यहाँको संगितमा प्रयोग हुने बाद्यवादनका सामग्रीहरु र त्यसबाट निस्कने सुमधुर संगितले सबैको मन छुन्छ ।

नेपालीहरुलाई त नेपाली संगित यसै पनि मन पर्छ, विदेशीहरु पनि नेपाली संस्कृतिको सहजतालाई लिएर निकै उत्साहित हुने गरेका छन् । यही सन्दर्भमा जापानको टोकियोस्थित निसि इकेबुकुरोमा गामवेसी दोहोरी तथा डाइनिंग बार सञ्चालनमा आउने भएको छ ।

यही फेब्रवरी १४ भ्यालेन्टाइन डेको अवसर पारेर दोहोरी बारको सुरुवात गर्न लागिएको आयोजकले जनाएको छ । पछिल्लो समयमा जापानमा नेपालीहरुको संख्या बढेको छ भने जापानीहरु पनि नेपाली संस्कृतिलाई मन पराउन थालेका छन् ।

जापानमा रहेका नेपाली र जापानीहरुलाई लक्षित गर्दै उक्त दोहोरी बार स्थापना गर्न लागिएको हो । वेष्ट इष्ट ए वान अण्डरग्राउण्ड बाट दश सेकेण्डमै पुग्न सकिने स्थानमा खोलिन लागिएको दोहोरी बारमा विवाह, ब्रतबन्ध, सभा, सेमिनार लगायतका शुभ कार्यहरु पनि गर्न सकिने छ ।

दोहोरी तथा नृत्य बारको सञ्चालन जापानमा रहेको सात जना युवाहरुले संयुक्त रुपमा गरेका छन् । उत्तम कुमार श्रेष्ठ, हरि चन्द्र लामा, रोशन श्रेष्ठ, पदम गुरुङ, नविन थापा मगर, अनुप खत्री र अमित गुरुङ सञ्चालक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?