आबे अमेरिका गएकै दिन किन गरे ट्रम्पले चिनियाँ राष्ट्रपतिसँग टेलिफोन वार्ता ? यस्तो छ कारण

वासिंटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जापानी प्रधानमन्त्रीको अमेरिका भ्रमण सुरु भएकै दिन चिनियाँ राष्ट्रपतिसँग टेलिफोन वार्ता गरेका छन्, त्यो पनि एक चीन नीति प्रति प्रतिवद्धता जनाउँदै ।

ह्वाइट हाउसका प्रवक्ताका अनुसार राष्ट्रपति ट्रम्पले र चीनका राष्ट्रपति सी जिनपिंगबीच भएको टेलिफोन कुराकानीमा ट्रम्पले अमेरिकाले एक चीन नीतिको सम्मान गर्ने बताएका हुन् ।

यसअघि ट्रम्पले एक चीन नीतिप्रति द्विविधा व्यक्त गर्दै आएका थिए ।

यसलाई संयोगकै रुपमा लिनुपर्ने हुन्छ कि उनले जापानसँग मिलेर चीन सागरमा सुरक्षा गतिविधि बढाउने नीति समेत अवलम्वन त्यही दिन गरेका छन्, जुन दिन पिंगसँग वार्ता भएको छ ।

गत जनवरी २० मा ट्रम्पले राष्ट्रपतिको पदभार सम्हालेयता दुई मुलुकका प्रमुखबीच पहिलोपटक प्रत्यक्ष कुराकानी भएको हो ।

टेलिफोन वार्तामा दुवै देशका राष्ट्राध्यक्षले एकअर्कालाई भ्रमणको निम्तो समेत दिएका छन् ।

बेईजिङले एक चीन नीतिमा ट्रम्पले जनाएको सहमतिको प्रशंसा गरेको छ । तर, अमेरिकी राष्ट्रपतिले चीन सागरमा आफ्नो नजर जापानी स्वार्थ अनुसार चल्ने बताउँदै आएका छन् भने जापानले पनि चीन सागरको केही अंश दावा गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?