जापानका प्रधानमन्त्री अावे अमेरिकामा

जापान । जापानका प्रधामन्त्री शिन्जो आवे सात दिने अमेरिकी भ्रमणका क्रममा वाशिङ्टन पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणमा अमेरिका पुगेका जापानी प्रधानमन्त्री आबे र ट्रम्पबीच आर्थिक तथा  सुरक्षा नीतिका विषयमा छलफल हुने बताइएको छ ।

दुर्इ नेताविचकाे भेटवार्तामा  जापान तथा अमेरिका विचको ब्यापारिक सम्झौता र अमेरिकामा जापानी लगानी एवम एशिया प्रशान्त क्षेत्र सुरक्षा सम्झौता माथि छलफल हुनेछ ।

आवेले नव अमेरिकी प्रशासनसंग दक्षिणी चिन सागर स्थित सेन्काकु द्धिपमा अमेरिकी सैन्य सुरक्षाको विषयमा छलफल गर्ने याेजना बनाएका छन ।

जापानको नियन्त्रणमा रहेको तर चिन र ताईवानले दावा गर्दै आईरहेकाे सेन्काकु द्धिपलाई अमेरिकी सैनिकहरुले सुरक्षा दिदै आईरहेका छन ।

आवेको अमेरिकी भ्रमणले पछिल्लो समय जापान -अमेरिकी सम्बन्धमा आएको दरारलाई चिर्दै नयाँ अमेरिकी प्रशासनसंग आर्थिक र सुरक्षा क्षेत्रमा सुमधुर सम्बन्ध स्थापित गर्ने  विश्वास लिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?