जापान । अध्ययन,पेशा तथा व्यवसायको शिलशिलामा नेपालको स्याङ्जाबाट जापान आएका स्याङ्जालीहरुको छाता सङ्गठन स्याङ्जा समाज जापानको तेस्रो अधिवेशन आगामी फेब्रुअरीमा १२ मा हुने भएको छ ।

‘एकता नै शक्ति हो’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै अगाडी बढिरहेकाे स्याङ्जालीहरुको सक्रिय संस्था स्याङ्जा समाज जापानले अधिवेशनलाई व्यवस्थित गर्न पिताम्बर चापागाँइको संयोजकत्व तथा भिम न्यौपाने र दिनेश गुरुङ्गकाे सदस्यता रहने गरी निर्वाचन कमिटी गठन गरेको छ ।
समाजका अध्यक्ष जिवन न्यौपानले अधिवेशनको अवसर पारेर जापानमा संचालन भैरहेका गतिविधीलाई समेटिएको स्मारिका पुस्तिकाको पनि विमाेचन गरिने जानकारी दिएका छन । अधिवेशनको तयारी संगसंगै समाजको सदस्यता वितरणको काम पनि भैरहेको बताउदै उनले समाजमा आवद्ध हुन सबैलाई आग्रह गरेका छन ।
जापानको टोकियो स्थित इकेबुकुरो अवस्थित गामवेशी दोहोरी साँझको हलमा आयोजना हुने कार्यक्रममा नागोया तथा फुकुओकाबाट पनि एक टोली सहभागी हुने भएका छन ।
कार्यक्रम हुने मिति, स्थान र समय
मिति :२०१७ /२ /१२
स्थान :टोकियो, इकेबुकुरो (गामबेशी दोहोरी साँझको हल)
समय :विहान ११ बजे,अार्इतबार