जापानी प्रधानमन्त्री आउने भएपछि अमेरिकी मासु उत्पादकले दिए ट्रम्पलाई यस्तो दवाव, शुक्रबार निर्णय हुने

वासिंटन । अमेरिकी मासु उत्पादक कम्पनीहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जापान तथा एसिया प्रशान्त राष्ट्रहरुसँग द्धिपक्षीय व्यापार सम्झौता गर्न दवाव दिएका छन् ।

राष्ट्रिय गाईको मासु उत्पादक संगठन र राष्ट्रिय सुँगुर मासु उत्पादक संघले राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा यो सम्बन्धी पत्र दर्ता समेत गराएका छन् ।
मासु उत्पादकहरुको यो कदमका बारेमा शुक्रबार जापानी प्धानमन्त्री सिन्जो आबेसँग हुने वार्ताका क्रममा विषय उठान गरिने छ ।
यी दुई संगठनहरुले पंशान्त व्यापार साझेदारी (टीपीपी) मा सामेल गरिएको यो प्रस्तावलाई कार्यान्वयन गर्न सकिए मात्र अमेरिकामा मासुको संकट समाधान हुने बताएका छन् ।
यो पत्रमा टीपीपी सम्झौतामा कम शुल्कमा अधिक बिक्री हुने आयातमा १ अर्ब २० करोड डलर वार्षीक कमाई हुने र ९ हजार भन्दा बढीलाई रोजगारी मिल्ने भएकाले यो सम्झौता लागु गर्न आग्रह गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?