प्रधानमन्त्री आबेले भने–विवादीत द्धिपमा संयुक्त आर्थिक लगानी शान्तिका लागि

जापान । जापानका प्रधानमन्त्री शिन्जो आवेले रूसद्धारा नियन्त्रित चार द्धिपमाथि संयुक्त आर्थिक गतिविधी संचालन गर्न रूससंग भएको द्धिपक्षीय सम्झौता जापान-रुस शान्ति सन्धिको महत्वपूर्ण अंग भएको बताएका छन ।

जापान सरकारले चार द्धिपमाथि संयुक्त आर्थिक गतिविधी संचालन गर्ने उदेश्यले मंगलबार एक कार्यक्रमकाे अायाेजना गरि विभिन्न मन्त्रालय तथा एजेन्सीहरूको स्थापना गरेको छ । रूसकाे नियन्त्रणमा रहेको सो द्धिपलाई जापानले दावा गर्दै आईरहेको छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री आवेले भविष्यमा जटिल समस्या बन्न सक्ने विषयलाई वर्तमान नै समाधान गर्नु आवश्यक रहेको वताएका थिए ।

गत वर्ष जापानका प्रधानमन्त्री आवे तथा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनविचको भेटवार्तामा विवास्पद चार द्धिपमाथि संयुक्त आर्थिक गतिविधी संचालन गर्ने सहमती भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?