जापान । जापानको श्रम मन्त्रालयले गरेको एक सर्वेक्षणले २०१६ मा जापानमा कार्यरत कामदारको मासिक तलव पाँच वर्ष यताकै उच्च भएकाे तथ्याङ्क निकालेको छ ।

मन्त्रालयले २०१६ मा जापानमा कार्यरत कामदारले ज्याला,वोनश तथा आभर टाईप पे सहित मासिक २८ सय डलर अर्थात ३ सय १५ हजार यान प्राप्त गरेको तथ्याङ्क निकालेको छ । याे गत वर्षकाे ज्यालादर भन्दा ०.७ प्रतिशतले बढि हाे ।
मन्त्रालयले पाँच वर्षकाे अवधिमा मुल्यवृद्वीलाई आधार मानि गरेकाे सर्वेक्षणमा जापानमा महङ्गी बढेसंगै कामदारको ज्यालामा पनि वृद्धि भएको नजिता देखिएको छ ।
मन्त्रालयले विशेषत आईटी,उद्योग तथा विमा कम्पनिमा कार्यरत कर्मचारीकाे ज्याला वृद्वि भएकाे जानकारी दिएकाे छ । सर्वेक्षणले २०१६ मा फुल टार्इम काम गर्ने कामदारले मासिक ३ हजार ६ सय ६० डलर तथा पार्ट टार्इम वर्करले मासिक ८ सय ७० डलर ज्याला प्राप्त गरेको तथ्याङ्क निकालेको छ ।
श्रम मन्त्रालयले नियमित रुपमा काममा जाने कामदारले ज्याला सहित वोनस तथा अन्य सुविधा उपभोग गर्न पाउने जानकारि दिएकाे छ ।