राउटे युवाकाे उपचारार्थ चितवन समाज जापानद्वारा अार्थिक सहयाेग

जापान । चितवन समाज जापानले  राउटे क्याम्पमा लागेको आगोमा परि गम्भिर घाईते भएका राउटे युवा कपिल शाहीको उपचारार्थ संकलन गरेको सहयोग रकम हस्तान्तरण गरेको छ ।

समाजले करिब १४ महिना अघि राउटे क्याम्पमा लागेको आगोमा परि जलेर गम्भिर घाईते भएका १६ वर्षिय राउटे युवा कपिल शाहीको उपचारार्थ संकलन गरेको  ३४ हजार २ सय २४ यान हस्तान्तरण गरेको हो ।

समाजका अध्यक्ष सरोज कँडेलले आर्थिक अवस्था कमजोर भएका शाहीको उपचारमा समस्या आएको समाचार नागरिकन्युज पत्रिकामा प्रकाशित भए पश्चात उनको उपचारार्थ समाजले रकम संकलन अभियान सुचारु गरि संकलित रकम नागरिक न्युजका पत्रकार नगेन्द्र उपाध्यायलार्इ हस्तान्तरण गरेको जानकारी दिएका छन ।

समाजकी प्रवक्ता मनिषा वास्तोलाले कमजोर आर्थिक अवस्थाका कारण रोग पालेर जीवन विताउन बाध्य भएका राउटे समुदायका शाही जस्ता निसहायको सहयोगार्थ सबै संघसंस्था एकजुट हुनु पर्ने विचार व्यक्त गरेकि छिन ।

समाजका कोषाध्यक्ष हरिचन्द्र पौडेले  रकम संकलन अभियान संचालन भैरहेको जानकारी गराउदै अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगी दाताहरुलाई धन्यवाद प्रकट गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?