अमेरिकी सैन्य शिविर स्थानान्तरणको चर्को विरोध, ओकिनावाका प्रमुखले भने–जापान अमेरिकाको काँध थाप्न सक्दैन

जापान । जापानको ओकिनावा प्रान्तका प्रमुख ताकिसी ओनगाले प्रधानमन्त्री सिन्जो आबे र अमेरिकी रक्षा मन्त्री जिम मैटिकबीच भएको अमेरिकी सैन्य शिविर स्थानान्तरणको विरोध गरेका छन् ।

उनले जापानी प्रधानमन्त्रीले जनभावना विपरित अमेरिकासँग साँठगाँठ गर्न खोजेको आरोप लगाएका छन् ।

आबे र मैटिकबीच अमेरिकी कोर एयर स्टेशन फुटीनमा जिनवनस्थित आवासिय इलाकाको कम जनसंख्या भएको स्थानमा सार्ने सहमति भएको थियो । यद्यपी यो लिखित सम्झौता भने होइन ।

ओनगाले जापान अमेरिकाको हितका लागि काँध थाप्ने कार्यमा लाग्न नहुने बताउँदै यदि यो सम्झौतालाई लिखित बनाउन खोजिए चर्को बिरोधको सामना गर्नुपर्ने अवस्था आउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?