अमेरिकी रक्षा मन्त्रीले के गरे जापानमा, के के भयो वार्तामा

जापान । जापानी रक्षा मन्त्री तोमोमी इनादाले देशको सुरक्षा संयन्त्रलाई चुस्त राख्दै अमेरिकी सैन्य सुरक्षा भन्दा आफुहरु बलियो बन्ने बताएकी छन् ।

शनिबार साँझ अमेरिकी रक्षा मन्त्री जिम मैटिकसँगको भेटवार्ता पश्चात् उनले जापान आन्तरिक सुरक्षा मजबुत बनाउने प्रयत्नमा रहेको बताएकी हुन् ।
दुई नेताहरुका बीच करिब ९० मिनेट भेटवार्ता भएको थियो । इनादाले जापान तथा एसिया प्रशान्त क्षेत्रको शान्ति र थिरताका लागि अमेरिकी सहयोग आवश्यक रहेको बताउँदै आपत्कालिन अवस्थामा विश्वका सबै शक्तिहरु एक हुनेपर्ने बताइन् ।
अमेरिकी रक्षा मन्त्री मैटिसले भने जापान अमेरिका गठबन्धन सेनाले स्थिरताका लागि काम गर्ने र अमेरिकी नयाँ प्रशासनले जापानसँगको सम्बन्धलाई बलियो बनाउन चाहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?