बाँके-बर्दिया मैत्री समाज जापानले विशेष अन्तर्क्रिया कार्यक्रम अायाेजना गर्दै

जापान । बाँके -बर्दिया मैत्री समाज जापानले जापान स्थित नेपाली दुतावास तथा गैर आवशिय संघ जापानको विशेष सहयोगमा विभिन्न क्षेत्रका विज्ञहरुविच अन्तर्क्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

फेब्रुअरी ५ तारिखका दिन जापानको टोकियोस्थित सिन्जुकु टिकेपी सम्मेलन केन्द्रमा आयोजना हुने अन्तक्रिया कार्यक्रममा अध्ययन,पेशा तथा व्यवसायको शिलशिलामा प्रवासमा रहेका नेपालीहरुको समस्या,चुनौती तथा समाधानको विषयमा छलफल हुने भएको छ ।

अन्तर्क्रिया कार्यक्रममा गल्कोट समाज जापान ,बलेवा समाज जापान, दर्शन समाज, वि फर अल जापान,नेपाल जापान युथ क्लब, धादिंग समाज जापान, पर्बत समाज जापान, रुपन्देही समाज जापान, चितवन समाज जापान, अर्घखाँची समाज जापान, कास्की पोखरा समाज, गोर्खा समाज जापान ,नेपाल जापान बिधार्थी समाज, गुल्मेली समाज, थकाली सेवा समाज, रामेछाप समाज, शेर्पा संघ, नेपाली साझा समाज, पुर्बी नेपाल विकास सहकार्य केन्द्र, युथ फर अल, बिहुकोट समाज, नेपाली इन जापान, सुदुर पश्चिम समाज, म नेपाली समूह, राप्ती समाज , स्याङ्जा समाज जापान , हामीले नगरे कसले गर्ने अभियान , पाल्पा सेवा समाज ,नेपाल जापान आर्थिक संगठन लगायत विभिन्न संगठनहरुको सहकार्य रहेको छ ।

साथै कार्यक्रममा ओम गुरुङ, महेश श्रेष्ठ ,अनुज थापा ,जिज्ञान कुमार थापा, डा.होम बहादुर रिजाल , डा.प्रकाश शाक्य , डा.सन्दीप शाक्य,डा.विजय ज्ञवाली,अनिता गुरुङ , प्रदिप थापा  लगायत विभिन्न प्रमुख वक्ताहरुको  विशेष प्रस्तुति रहने छ ।

कार्यक्रम हुने मिति,स्थान र समय

मितिः२०१७/२/५ ( आईतवार )

स्थानःTKP Conference Center Shinjuku,1 Chome-14-11 Nishishinjuku, Shinjuku, Tokyo 163-0990  (शिन्जुकु मिनामी गुचीबाट ३ मिनेट)

समयः दिउसाे १ बजेदेखि बेलुका ५ बजे सम्म

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?