ट्रम्पसँगको शिखर वार्तामा जापानले अमेरिकाको अर्थ व्यवस्थामा गरेको सहयोग केन्द्रीत गराउने

जापान । जापानी प्रधानमन्त्री सिन्जो आबेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने शिखर वार्तामा अमेरिकी अर्थ व्यवस्थामा जापानी कम्पनीहरुले पुर्याएको योगदानका बारेमा छलफल हुने भएको छ ।

प्रधानमन्त्री आबेले जापानी सँसदको माथिल्लो सदन अन्तरगतको बजेट समितिमा मंगलबार आबेले यस्तो बजाकारी दिएका हुन् । उनले आफुले फेब्रवरी १० का दिन ट्रम्पसँग वासिंटनमा भेटवार्ता गर्ने तयारी गरेको जानकारी दिए ।

जापानको सत्तारुढ गठबन्धनमा सहभागि सानो दल कोमेइतोका एक सदस्यले भने आबेलाई ट्रम्पसँगको वार्तामा राष्ट्र हितलाई ध्यान दिन आग्रह गरेका छन् ।
आबेले जापानी कम्पनीहरुले अमेरिकामा धेरै लगानी गरेको र सवारी साधन निर्माता कम्पनीहरुले मात्र १० लाखलाई रोजगारी दिएकाले शिखर वार्तामा यस बारेमा छलफल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?