ज्वराेकाे कारण विरामी परेका सम्राट दरबारमा अायाेजित समाराेहमा अनुपस्थित

जापान । ज्वरोका कारण सामान्य विरामी  परेका जापानका सम्राट अकिहितोले सोमबार राजदरबारमा आयोजित एक समारोहमा अनुपस्थिती जनाएका छन ।

केहि समयदेखि सम्राट अकिहितोले आफ्नो वृद्ध अवस्था तथा कमजोर स्वास्थ्यका कारण राजदरबारमा आयोजित विभिन्न समारोहमा अनुपस्थिती जनाईरहेका छन ।

सम्राट अकिहितोको अनुपस्थितीमा राजदरबारका एक वरिष्ठ अधिकारीले समारोहमा सहभागीता जनाएका थिए ।

सम्राट अकिहितोलाई रुघा खोकी लगायतका अन्य संक्रमणको लक्ष्यण देखानपरेको एजेन्सीले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?