जापानमा राेजगारी खाेज्ने युवा लक्षित कार्यक्रम सम्पन्न

जापान । सीएस कर्पाेरेशनले नेपालबाट स्नातक तह पास गरि जापानको भाषा विद्यालय अध्ययन गरेका तथा  जापानमा सेनमोन गाक्को पुरा गरेका नेपाली विद्यार्थीहरुलार्इ सहयोग गर्ने उदेश्यले  टोकियोमा एक कार्यक्रमको आयोजना गरेको छ ।

विशेषत शैक्षिक योग्यता प्राप्त गरेता पनि जापानमा रोजगारी प्राप्त गर्न नसकेका विद्याहरुलाई रोजगारीको अवसर दिलाउने उदेश्य सहित सेमिनारको आयोजना गरिएको हो ।

सेमिनारले जापानी सेन्सेईबाट कामको खोजी गर्ने तरिकाबारे जानकारी गराउदै जापानमा आई कस्तो कम्पनीमा काम गर्ने तथा जापानी कम्पनीहरुले निर्धारण गरेका नियमबारे जानकारी दिएको थियो ।

करिब ३ घण्टा सम्म आयोजना गरिएकाे सेमिनारमा नेपाली विद्यार्थी लगायत श्रीलंकन,बङगाली तथा ईण्डियन विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?