जापान भ्रमणमा अाउने विदेशी पर्यटककाे संख्यामा वृद्वि

जापान । पश्चिम जापानको ओसाका प्रान्त स्थित कानसाई अन्तराष्ट्रिय एयरपोर्टमा नयाँ वर्षको छुट्टी मनाउन चिन तथा अन्य देशबाट जापान भ्रमण आएका विदेशी पर्यटकको निक्कै भिड लागेको छ ।

जापान भ्रमणमा आउने विदेशी पर्यटकको संख्या दिनानुदिन बढ्दो क्रममा रहेको छ । कानसाई एयरपोर्टमा ओर्लिएका विदेशी हजारौं पर्यटकलाई त्यहाँ कार्यरत कर्मचारीहरुले स्वागत गरेका थिए ।

जापान भ्रमण आएका विदेशी पर्यटकले विशेषत ओसाकामा गंगटाको परिकार खाने तथा क्योतोको प्राचिन संरचना हेर्ने योजना रहेको बताएका थिए ।

जापानका अध्यागमन अधिकारीहरूले गत वर्ष नयाँ वर्षको छुट्टी मनाउन चीन,ताईवान,हङकङ लगायतका विभिन्न देशबाट जापान भ्रमणमा आउने विदेशी पर्यटकको संख्या  करिब १ लाख ४७ हजार मात्र रहेकाे जानकारि दिएका छन ।तर यस वर्ष जापानमा छुट्टी मनाउन अाएका विदेशी पर्यटककाे संख्यामा गत वर्षकाे भन्दा निक्कै वृद्वि भएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?