प्रधानमन्त्री आबेलाई फोन गर्दै ट्रम्पले भने– जापानसँग नयाँ समझदारी गर्न आतुर छु

जापान । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जापानी प्रधानमन्त्री सिन्जो आबेसँग टेलिफोन वार्ता गरेका छन् ।

शनिबार दुई शीर्ष नेताहरुका बीच टेलिफोन वार्ता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले पुष्टि गरेको छ ।
वार्तामा ट्रम्पले आसन्न भेटवार्ताका बारेमा कुराकानी गरेका थिए । उनले आबेलाई चाँडै अमेरिका आउन आग्रह गर्दै दुई देशका बीचमा केही नयाँ समझदारी आवश्यक रहेको बताएका थिए ।

जवाफमा प्रधानमन्त्री आबेले पछिल्लो समय जापानी कार उत्पादक कम्पनीहरुलाई लगाउँदै आएको कर नबढाउन आग्रह गर्दै आपसी सहकार्यमा मात्रै समृद्धि सम्भव भएको बताएका थिए ।

उनले टिपीपीबाट बाहिरिने निर्णयमाथि पुनःविचार गर्न पनि ट्रम्पलाई आग्रह गरेका थिए । आबे यही फेब्रवरी १० तारिकमा अमेरिका जाने लगभग पक्का भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?