जापानमा पनि माैलाउदै भ्रष्टाचार

जापान । भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय संस्था ‘ट्रान्सपरेन्सी इन्टरनेशनल’ ले जारी गरेको सूचांकले जापान भ्रष्टाचार हुने देशको सूचीबाट दुर्इ स्थान तल झरेको छ।

सुचांकका अनुसार सन् २०१६ मा जापानमा भ्रष्टाचार झनै मौलाएको छ । भ्रष्टाचारको सुचाङ्कका आधारमा जापान १८ औं स्थानबाट तल झर्दै २० औं स्थानमा पुगेको हाे ।

सुचांङ्कमा समावेश गरिएका १७६ देशमध्ये न्युजिल्याण्ड ९० तथा डेनमार्क १०० मा पर्दै सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकको रुपमा सुचिकृत भएका छन ।

यस्तै १० अंक प्राप्त गर्दै सोमालिया विश्वकै सबैभन्दा बढि भ्रष्टाचार हुने देशको रुपमा सुचिकृत भएको छ भने नेपाल  १७६ देश मध्ये १०० पुर्णाकमा २९ अंक प्राप्त गरि १३१ औं स्थानमा सुचिकृत भएको छ ।

विश्व वैंक,वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फान्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भिडिइएम समेत छ संस्थाद्वारा गरिएको सर्वेक्षणका आधारमा तयार गरिएको वार्षिक प्रतिवेदनमा जापान भने भ्रष्टाचारकाे सुचिमा दुर्इ स्थान तल झर्दै २० औं स्थानमा सुचिकृत भएकाे हाे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?