ट्रम्पलाई जापानको काउण्टर जवाफ, अब हामी पनि वैकल्पिक बाटो रोज्दैछौं

जापान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रान्स प्यासिफिक पार्टनरशिपबाट पछि हट्ने घोषणा गरेको केही दिनमै जापान सरकारले पनि त्यसको प्रतिवाद स्वरुप आफुहरु पनि बैकल्पिक व्यवस्थाको पक्षमा रहेको जनाएको छ ।

जापानका प्रधानमन्त्री सिन्जो आवले टोकियोले उक्त व्यापारसम्झौताबाट पछि हट्ने संकेत गरेका छन् । तर त्यसकालागि अमेरिकासँग द्वीपक्षीय व्यापार संझौता आवश्यक हुनेमा भने उनले जोड दिएका छन् ।

यो विषयमा आबेले मन्त्री परिषद्का बरिष्ठ सदस्यहरुसँग बिहीबार छलफल गरेका छन् ।

आबेले भने आफुहरु टिपीपीका बारेमा अमेरिकासँगको दृष्टिकोण जारी राख्दै अन्य विकल्पहरुको खोजीमा लागेको जानकारी गराएका छन् ।

प्रधानमन्त्री आबेले आज जापानको तल्लो सदनको बजेट समितिसँग पनि अमेरिकासँग वैकल्पिक विधिको खोजि जारी रहेको बताएका छन् । डोनाल्ड ट्रम्पले टिपीपी सम्झौताबाट बाहिरिने घोषणा गरेसँगै जापान कुटनीतिक पहलमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?