जापानको पुरातात्विक बुद्ध प्रतिमा फिर्ता गराउन दक्षिण कोरियामा मुद्दा

दक्षिण कोरिया । जापानको नागासाकीबाट चोरी भएको बुद्धको प्रतिमा फीर्ता दिनुपर्ने भन्दै दक्षिण कोरियाको एक अदालतमा मुद्दा परेको छ ।

दक्षिण कोरियाको डाइजान जिल्ला अदालतले एक प्रचिन बुद्ध प्रतिमाको फिर्ता गरिनुपर्ने प्रस्ताव सहितको मुद्दा दर्ता गरेको हो । सन् २०१२ मा जापानको बुद्ध मन्दीरबाट उक्त प्रतिमा चोरी भएको थियो ।

विउकोकास मन्दीरले उक्त मुद्दामाथि मञ्जुरी दिएको छ । विउकोकास मन्दीर दक्षिण कोरियाको केन्द्रमा रहेको छ ।

अवलोकितेश्वर वोधिसत्वको स्वामित्व विवाद रहदै आएको छ र मुद्दामा उक्त विषय पनि उठान गरिएको छ ।

सन् २०१२ को अक्टोबरमा जापानको नागासाकी प्रान्तको टुसिमा द्धिपमा रहेको यो प्रतिमा चोरी भएको थियो । उक्त मन्दीरबाट चोरी भएका मध्ये उक्त प्रतिमा पनि एक हो ।

जापान सरकारका प्रवक्ताले उक्त प्रतिमा फिर्ता लिनका लागि कुटनीतिक पहल भैरहेको र दोषीमाथि कारबाहीका लागि पहल भैरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?