जापान । आगामि हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सुरक्षा अधिकारीले जापानको भ्रमण गर्ने भएका छन् ।

अमेरिकी सरकारले जापानसँगको सम्बन्ध विस्तार र दक्षिण कोरियासँगको सम्बन्धलाई थप मजबुत बनाउनका लागि अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका सचिव जेम्स मेटिस जापानको भ्रमणमा निस्कन लागेको समाचार बुधबार सिएनएनले लेखेको छ ।
उनको भ्रमण तालिका गोप्य राखिएको पनि जनाइएको छ ।
भ्रमणका क्रममा जापानको ओकिनावामा रहेको अमेरिकी सैन्य क्याम्पका बारेमा छलफल हुनेछ भने चीन सागरमा जापानसँग मिलेर आफ्नो प्रभुत्व जमाउने ट्रम्पको योजनाका बारेमा पनि छलफल हुने छ ।
जापानी प्रतिनिधि मण्डलसँग उनले उत्तर कोरियाको मिसाइल प्रणाली कमजोर पार्नेबारेमा पनि छलफल गर्ने छन् ।