चाेरी काण्डमा सक्रिय ‘पिन्क पाण्डा’का तिन सदस्य पक्राउ

जापान । टोकियो प्रहरिले सुनचाँदी चोरी तथा तस्करी काण्डमा सक्रिय गिरोह ‘पिन्क पाण्डा’का संदिग्ध तिन सदस्यलाई पक्राउ गरेको छ ।

प्रहरिले जापानको वृहत रत्न मेलाबाट करिब २५ हजार डलर मुल्य वरावरको हिराको औंठीको चोरिमा संलग्न भएका तिन चिनीयाँ नागरिकलाई पक्राउ गरेको हो ।

यस वर्ष पनि जापानको रत्न मेलामा पुन चोरी गर्ने योजना बनाई चिनबाट जापान आएका उनिहरुलाई प्रहरिले पक्राउ गर्न सफल भएकाे हो ।

जापान प्रहरिले उनिहरुलाई चोरीमा संलग्न गिरोह ‘पिन्क पाण्डा’को सदस्य भएको पुष्टि गरेको छ ।पक्राउ गरेका तिनै जनाले ग्राहकको रुपमा रत्न पसलमा छिरि नक्कली गहनासंग साटेर सक्कली गहना चाेर्ने गरेको खुलासा गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?