जापानले नीति परिवर्तन नगरे अमेरिकामा जापानी सामान बेच्न नदिने ट्रम्पको घोषणा

वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान र चीनको व्यापार गर्ने तरिकाले अमेरिकी अर्थतन्त्र कमजोर भएको र अमेरिकी उत्पादक कम्पनीहरु निरुत्साहित भएको बताएका छन् ।

मंगलबार अमेरिकी उद्योग व्यावसायीहरुसँगको छलफल पछि राष्ट्रपति ट्रम्पले अमेरिकी कम्पनीहरुका लागि जापानी र चाइनिज उत्पादनहरुका कारण समस्या पैदा भएको बताएका थिए ।
उनको भनाई थियो कि जापानले अमेरिकामा अत्याधीक मात्रामा कार बेच्ने गरेको छ तर, जापानले बनाएको नियमका कारण अमेरिकी उत्पादनका कारणहरु जापानमा बेच्न सकिदैन । उनले यो असमान व्यापारको अन्त्य आफ्नो प्राथमिकता भएको बताए ।
उनले अमेरिकी कम्पनीहरुको वर्तमान कर प्रतिशत ३५ रहेकोमा यसलाई घटाएर १५ देखि २० मा झारीने छ । उनले अमेरिकी उत्पादनलाई विश्वव्यापी बनाउन सीमा नाकामा लाग्ने करको दर घटाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?