जापानकाे टाेटाेरी प्रान्तमा भारी हिमपात,सयाैं सवारीसाधन अलपत्र

जापान । जापानको टोटोरी,वाकायामा तथा ह्योगो प्रान्तमा भारी हिमपात भएको छ ।

मंगलबार मध्याह्नबाट सुरू भएकाे  हिमपातका कारण टोटोरी प्रान्तका चार क्षेत्रमा रहेका प्रमुख राजमार्गमा करिब ६ सय ५० सवारी साधन अलपत्र परेका छन ।

टोटोरी प्रान्तस्थित डाईसेन शहरमा २ सय १८ तथा चिजु शहरमा १ सय १ सेन्टिमिटर बाक्लो हिँउ जमेको छ ।

मंगलबार मध्याह्नबाट सुरु भएको हिमपात तथा ओसिलो हावाका कारण जापान भर चिसो चिसो बढेको छ । टोटोरी प्रान्तका गभर्नर सिनजी हिराईले हिमपात तथा चिसोबाट बच्न सबैलाई आग्रह गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?