वाणिज्य मन्त्री सेकोद्धारा ट्रम्पको आरोपको कडा खण्डन

जापान । जापानका वाणिज्य मन्त्री हिरोशिगे सेकोले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको एक टिप्पणी प्रति कडा विरोध जनाएका छन ।

अमेरिकाका प्रमुख व्यापारिक नेताहरुको एक वैठकमा अमेरिकाका राष्ट्रपति ट्रम्पले जापान अनुचित व्यापार विस्तारमा संलग्न भएको बताएका थिए ।

उनले जापान र चिन विश्वव्यापी रुपमा व्यापारीक सम्बन्ध विस्तार गर्न असफल बनेको आरोप लगाएका छन ।

ट्रम्पले अमेरिकी कम्पनीलाई व्यापार विस्तारका लागि जापानले असहज वातावरण सिर्जना गरेको आरोप लगाएका छन ।

ट्रम्पको आरोपको खण्डन गर्दै सेकोले जापानले अमेरिकी कारको सेवाशुल्क वृद्धि नगरेको तथा जापान अनुचित व्यापारिक अभ्यासमा नअल्झेको  कडा जवाफ दिएका छन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई ट्रान्स प्यासिफिक पार्टनरसिप (टिपिपी) सम्झौताबाट हटाउने कार्यकारी निर्देशन पत्रमा हस्ताक्षर गरेका छन ।

यस विषयमा बोल्दै सेकोले अमेरिकी समकक्षीलाई सम्झौताको रणनिती तथा आर्थिक महत्वबारे जानकारी गराईने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?