चितवन समाज जापानद्वारा टोकियोमा आयोजित अन्तर्क्रिया कार्यक्रम सम्पन्न(फाेटाेसहित)

जापान । चितवन समाज जापानले चितवन उद्योग संघका पदाधिकारी तथा चितवन समाज जापानका पदाधिकारीविच टोकियोमा आयोजना गरेको अन्तर्क्रिया  कार्यक्रम सम्पन्न भएको छ ।

जापान सरकारको निमन्त्रणामा औद्योगिक प्रवर्द्वन प्रशिक्षण(INDUSTRIAL MANAGEMENT TRAINING ) मा सहभागीता जनाउन नेपालबाट जापान आएका चितवन संघका प्रतिनिधी तथा समाजका प्रतिनिधीविच अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथी चितवन उद्योग संघका महासचिव सुर्य प्रसाद न्यौपानेले वर्तमान समयमा विना शंका निर्धक्क भएर उद्योग व्यवसायमा लगानी गर्न सकिने बताएका छन् ।

उनले भूकम्प, नाकाबन्दी तथा नेपालको राजनितिक अस्थिरतामाथि प्रकाश पार्दै फुटेर नभई जुटेर संवृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने बताएका छन ।

त्यस्तै कार्यक्रमका विशेष अतिथी तथा चितवन समाज जापानका पूर्व कार्यकारी निर्देशक युगराज गस्तीले औद्योगिक शिक्षाकाे अभाव तथा औद्योगिक पुर्वाधारको कमी नै नेपालको औद्योगिकरणको प्रमुख चुनौती भएको बताएका छन ।

उनले नेपालीमा विस्तारै आत्मनिर्भरताको भावना विकास हुदै आएकाले उद्योग व्यवसायको सुरुवातको क्रममा स्थान छनौट,प्राविधिक ज्ञान तथा व्यवसाय संचालनको तरिकाबारे जानकार हुनु आवश्यक रहेको बताएका छन ।

त्यस्तै जापानका नेपाली व्यवसायी तथा समाजका सल्लाहकार अरुण कुमार श्रेष्ठले उत्पादित बस्तुको प्रदर्शनीले व्यवसायीमा प्रतिस्पर्धाको भावना जगाउने भएकाले एक्सपोको आयोजनाले उद्योग व्यवसायको विकासमा  सहयोग पुर्याउने विचार व्यक्त गरेका थिए ।

यसैविच लेखनाथ वाणिज्यसंघका पूर्व अध्यक्ष प्रकाश लाल श्रेष्ठले देशको देशको राजनितिक अस्थिरता नै उद्योग व्यवसाय विकासको प्रमुख बाधक भएको बताएका छन ।

कार्यक्रम समाजका अध्यक्ष तथा सल्लाहकार अर्जुन अधिकारीले संचालन गरेका थिए । कार्यक्रममा कास्की पोखरा समाजका अध्यक्ष शिव प्रसाद पौडेल,समाजका सल्लाहकार लोकनाथ वस्ती तथा कोषाध्यक्ष हरिचन्द्र पौडेल लगायतले मन्तव्य दिएका थिए । नेपालमा उद्योग व्यवसाय संचालनका सम्भावना तथा चुनौतीसंग सम्बन्धित विषयमा आधारित अन्तर्किया कार्यक्रम भव्य रुपमा सम्पन्न भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?