विवादीत द्धिपका सर्वसाधारणलाई विना भिषा जापान आउन दिन रुस सहमत

जापान । जापान तथा रुसका अधिकारीहरुले विवादीत चार द्धिपमा बस्दै आएकाहरुलाई गृहनगर फर्कनका लागि हाल उपलब्ध जल तथा हवाई मार्गको प्रयोग गर्न दिनेबारे पहल थालेका छन् ।

रुसले यी चार द्धिपहरुको कब्जा गरिरहेको छ भने जापानले आफ्नो भएको दाबी पेश गर्दै आएको छ । जापान सरकारले आफ्नो देशको अभिन्न अंगका रुपमा यी द्धिपहरुलाई उल्लेख गर्ने गरेको छ ।

जापानले दोस्रो विश्व युद्धपश्चात् यी भुमी गुमाएको थियो ।

रुसी राष्ट्रपतिसँग गत महिना भएको वार्तामा जापानी प्धानमन्त्री सिन्जो आबेले यी द्धिपहरुमा संयुक्त लगानी थाल्ने पहल सुरु गरेका थिए ।

यी द्धिपहरुमा बस्ने नागरिकहरुले आफ्ना आफन्त भेट्नका लागि जापान आउन सहज उपाय खोजि गरिरहेका बेला जापानले रुससँग सहज यात्राको पहल थालेको हो ।

तत्कालका लागि ति द्धिपमा बस्दै आएका पुर्व जापानीहरुलाई विना भिषा जापान आउने सुविधा दिन रुस सहमत भएको छ । तर, कार्यविधीका बारेमा भने छलफल जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?