जापानको हात्सुकीका बेरोजगार युवाः जस्ले युवतीलाई २० मिनेट नियन्त्रणमा लिए, त्यसपछि…

जापान । जापान प्रहरीले १६ वर्षे किशोरीलाई नियन्त्रणमा लिने एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बेरोजगार रहेका ३१ वर्षीय एक व्यक्तिले हात्सुकासी क्षेत्रको एक सपिङ मलमा चक्कु देखाएर युवतीलाई नियन्त्रणमा लिएका थिए ।

उनले कोइची तनिजावामा रहेको किताव स्तोको तेस्रो तलामा रहेकी युवतीलाई ५ बजे नियन्त्रणमा लिएका थिए ।

उनले फलफूल काट्ने १० सेन्टिमीटर लामो चक्कु केटीको गलामा देखाएर हलमा रहेका सवैलाई बाहिर निस्कन चेतावनी दिएका थिए ।

करिब २० मिनेटमा आइपुगेको प्रहरीले युवतीलाई नियन्त्रणमा लिन खोज्ने ती युवालाई नियन्त्रणमा लियो । नियन्त्रणकर्ता र युवतीबीच चिनजान नभएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीले ती युवामाथि छानबीन सुरु गरेको छ । युवाले आफु बेरोजगार भएको र रोजगारीका लागि विभिन्न प्रयास गर्दा पनि सफल हुन नसकेकाले सबैसामु चिनिनका लागि यस्तो गरेको प्रारम्भिक बयान दिएका छन् ।

उनले आफुले गल्ती गरेको स्विकार गरिसकेको प्रहरीको भनाई छ । प्रहरीले बयान नसकिदा सम्म उनको बारेमा गोपनीयता राख्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?