अमेरिकासंग शीघ्र शिखर वैठकको तयारीमा जापान

जापान । जापानका विदेश मन्त्री फुमियो किशिदाले जापानका प्रधानमन्त्री शिन्जो आवे तथा अमेरिकाका राष्ट्रपति डाेनाल्ड ट्रम्पविच शीघ्र शिखर बैठकको आयोजना गरिने बताएका छन ।

उनले ट्रम्पको मुक्त व्यापार सम्झौतासंग सम्बद्ध टीपीपी सम्झौताबाट अमेरिकालाई बाहिर ल्याउने घोषणा बारे टीप्पणी गरेका थिए ।

यसै क्रममा उनले शिखर वैठकमा अमेरिकाको नयाँ प्रशाशनलाई टीपीपी सम्झौताको महत्वबारे जानकारी गराई समर्थनको लागि आग्रह गरिने बताएका छन ।

किशीदाले अमेरिकाले पहिलो तथा द्धतिय विश्वयुद्ध पश्चात मुक्त व्यापार सम्झौतालाई हतियार बनाई मुक्त तथा निश्पक्ष व्यापारको आधारमा आर्थिक व्यवस्थाको लाभ उठाईसकेको बताएका छन ।

उनले मुक्त व्यापार सम्झौता विश्वका प्रत्येक देशको आर्थिक विकासको प्रेरक शक्ति भएको बताएका छन । किशीदाले जापानले नयाँ अमेरिकी प्रशासनसंग वार्ता र विश्वासको सम्बन्ध स्थापित गर्न चाहेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?