अष्ट्रेलियाको जापानस्थित दूतावासमा नेपाली युवती प्रमथ सचिव

जापान । जापानको टोकियोस्थित अष्ट्रेलीयाली दूतावासको प्रथम सचिवमा नेपाली मुलकी उक युवती नियुक्त भएकी छिन् ।

अष्ट्रेलियाको केन्द्रीय राजधानी क्यानवेरास्थित उच्च सरकारी सेवामा कार्यरत नेपाली अर्थशास्त्री डा. कृष्ण हमालकी छोरी नेपाली मुलकी अष्ट्रेलियन कुटनीतिज्ञ नताशा हमाल नियुक्त भएकी हुन् । उनी पदभार ग्रहण गर्न शनिबार नै टोकियो प्रस्थान गरिसकेकी छिन् ।

नेपाली सँस्कृति अनुसार हमाल परिवारले टीका लगाइदिएर तथा दही र फलफूल खुवाएर नताशालाई विदाई गरेको छ ।

नताशाका पिता डा हमालले फेसबुकमा, ‘दुःखी तर जापानको अष्ट्रेलियन दूतावासमा प्रथम सचिवका रुपमा कुटनीतिक पदभार ग्रहण गर्न जान लागेकी हाम्री छोरीप्रति निकै खुशी । बधाई छोरी तिमीले हामीलाई निकै गौरवान्वित बनायौं । तिमी र ज्वाईंसाबको सुरक्षित यात्रा र सुखद टोकियो बसाईको कामना ।’ चजेर ले
खेका छन् ।

नताशाका बुवा डा. कृष्ण हमाल अष्ट्रेलियाको केन्द्रीय सरकारको पूर्वाधार तथा क्षेत्रीय विकास विभागमा वरिष्ठ अर्थशास्त्रीको रुपमा कार्यरत छन् । नताशाले अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट अर्थशास्त्र र बजारशास्त्रमा स्नातक तथा सर्टिफाइड पब्लिक अकाउन्टेन्ट ९सीपीए० अध्ययन पूरा गरेकी छन् ।

उनी आठ वर्ष अघि अर्थमन्त्रालयको वित्त बिभागबाट अष्ट्रेलियाको सरकारी सेवामा प्रवेश गरेकी थिइन् । त्यसपछि उनी अष्ट्रेलियन एडको सेवामा हुँदा सर्विया, भानुवाटु, पपुवा न्युगिनी, सिंगापुर लगायतका देशमा पुगेर अष्ट्रेलियन सरकारको प्रतिनिधिका रुपमा सेवा गरिन् ।

अष्ट्रेलियाको परराष्ट्र मन्त्रालयले केही महिना अघि कुटनीतिक सेवाका लागि लिएको परीक्षामा सहभागी चार दर्जन अष्ट्रेलियन कर्मचारीहरुमध्ये चुनिने ६ जनामा नेपाली मुलकी एकमात्र कर्मचारी नताशा थिइन् ।

अष्ट्रेलियाको केन्द्रीय सरकारले कुनै पनि देशमा कुटनीतिक सेवामा ‘करिअर डिप्लोम्याट’हरुलाई मात्रै पठाउँछ ।

नताशाले कुटनीतिक सेवामा राम्रो प्रगति गर्दै गएमा उनी भविष्यमा नेपाली मूलको पहिलो अष्ट्रेलियन राजदूत बन्ने सम्भावना रहने छ ।

नताशा सन् १९८४ मा नेपालको पाटन अस्पतालमा जन्मिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?